अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैनः सांसद पौडेल काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन्। सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको संविधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको स्पष्ट पारे। नेपाली कांग्रेसका लागि प्रतिपक्षको भुमिका अवसर रहेकाले यो अवसरलाई सही सदुपयोग गर्नुपर्ने धारणा उनको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्