सरकारको न्यूनतम साझा कार्यक्रमः पाँच वर्षमा आर्थिक वृद्धिदर दुई अंक नजिक पुर्याउने काठमाडौं। सरकारले न्यूनत साझा कार्यक्रम सार्वजनिक गरेको छ। राजधानीमा आज एक कार्यक्रमबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। कार्यक्रममा विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने, विद्युतिय मतदान समावेश गर्ने, पाँच वर्षमा आर्थिक वृद्धिदर दुई अंक नजिक पुर्याउने, यसवर्ष सरकारले नयाँ गाडी नकिन्ने, नयाँ सार्वजनिक निकाय खोल्न रोक्ने लगायतका विषय समेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्