प्रचण्ड नेतृत्वको सरकार स्थायी र स्थीर, अध्यक्ष ओलीले भने– सरकारलाई करिव १८० सांसदको समर्थन काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थायी र स्थिर सरकार भएको दाबी गरेका छन्। आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारलाई संसदमा करिव १८० सांसदको समर्थन रहेको बताए। सरकारलाई एमालेको सम्पूर्ण साथ र सहयोग रहेको पनि उनले जनाए। सरकारको स्थिरताको विषयमा शंका नगर्न उनले आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्