नारायणगढ–मुग्लिन सडकखण्डमा २ दिन सवारी नरोकिने
नारायणगढ–मुग्लिन सडकखण्डमा २ दिन सवारी नरोकिने
काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डमा शनिवार र आईतवार २ दिन सवारी नरोकिने भएको छ। पुल निर्माणका लागि भित्तो काट्न भन्दै पुष ५ गतेदेखि दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको थियो। तर २ दिन भने माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो। सङ्क्रान्तिमा देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्