प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित
प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित
काठमाडौं । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्।उनलाई एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले मतदान गरे। प्रदेशसभा सचिवालयमा भएको निर्वाचनमा दनुवारको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको थियो। मतदानमा ९० जना सांसदहरूको सहभागिता थियो। त्यहाँ सभामुखमा माओवादीका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्