नेपाल भित्रने रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि, पाँच महिनामा आयो ४ खर्ब ८० अर्ब रुपैयाँ
काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपाल भित्रने रेमिट्यान्स २३ प्रतिशतले वृद्धि भएको छ। २०७९ को साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १३.१ प्रतिशतले वृद्धि भई ३अर्ब ७१करोड पुगेको छ।
प्रतिक्रिया दिनुहोस्