विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भुमिका खेल्ने बताएका छन्। आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने जनाएका हुन्। विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिए नेपाललाई नयाँ पहिचान दिनसक्ने धारणा उनको थियो।
प्रतिक्रिया दिनुहोस्