दुर्घटना भएको यतीको विमानमा १० जना विदेशी काठमाडौं। कास्कीको पोखरामा आज भएको यती एयरलाइन्सको ‘एएनसी एटीआर ७२’ विमान दुर्घटना १०जना विदेशी रहेको बुझिएको छ। यती एयरलाइन्सका अनुसार विमानमा स्वदेशी र विदेशी गरी ६८यात्रु रहेका थिए। विदेशी यात्रुमध्ये केही भारतीय र केही अन्य देशका छन्। विमान पोखराको रंगशाला नजिक सेती नदीको खोचमा खसेको थियो। दुर्घटनास्थलबाट ३५ जनाभन्दा बढीको शव झिकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्