रुसले युक्रेनमाथि गर्यो नयाँ मिसाइल आक्रमण, १२ जनाको मृत्यु मस्को। रुसले युत्रेनका केही सहरमा मिसाइल आक्रमण गरेको छ। युक्रेनको पूर्वी सहर नीप्रोको एक अपार्टमेन्टमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ। युक्रेनको किएव, खारकिएव, ओडेसा सहरमा पनि मिसाइल आक्रमण भएको जनाइएको छ। रुसले पछिल्ला दिन विद्युत पूर्वाधारमा आक्रमण केन्द्रित गरेका कारण युक्रेनका धेरै स्थानमा विद्युत काटिएको छ। युक्रेनले रुसी आक्रमणलाई कमजोर पार्न पश्चिम देशसँग हतियार मागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्