यतीको विमान दुर्घटनाः आठ देशका यात्रु सवार, कुन देशका कती ? काठमाडौं। आज कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘९ एन–एएनसी’ विमानमा नेपालसहित ८देशका नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। काठमाडौंबाट चालक दलका चार सदस्यसहित ७२जना यात्रु बोकेर पोखरा उडेको उक्त जहाज पोखरा रंगशाला नजिक सेती नदीको खोंचमा खसेको थियो। विमानमा नेपाली ५३, भारतीय ५,रुसी ४, दक्षिण कोरियाली २ र फ्रान्स,अर्जेन्टिना,आयरल्याण्ड र अष्ट्रेलियाका एक–एक जना यात्रु रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्