यती एयरलाइन्सको विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उद्धार कार्यलाई तीव्र पार्न आग्रह
काठमाडौं। नेपाली कांग्रेसले आज यती एयरलाइन्सको ९ एन–एएनसी विमान दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। विमानमा चालक दलका चार सदस्यसहित ७२ जना यात्रु थिए। काठमाडौंबाट पोखरा जाँदै गरेको यतीको विमान पोखरा रंगशाला नजिक सेती नदीको खोंचमा दुर्घटना भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्यलाई तीव्र पार्न सरकार लगायत सम्वद्ध पक्षसँग आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्