भोली देशभर शोक विदा दिने मन्त्रिपरिषद्को निर्णय काठमाडौं। सरकारले भोली (सोमबार) देशभर शोक विदा दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए। यति एयरलाइन्सको जहाज आज पोखरामा दुर्घटनामा हुँदा मृत्यु भएकाहरुको शोकमा सरकारले सोमबार शोक विदा दिने निर्णय गरेको हो। चालक दलका ४सदस्यसहित ७२जना यात्रु बोकेको यतीको जहाज आइतबार विहान कास्कीको पोखरामा दुर्घटना भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्