यती विमान दुर्घटना अपडेटः सरकारले गठन गर्यो पूर्वसचिवको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग काठमाडौं। सरकारले आज दुर्घटना भएको यतीको विमानका सम्बन्धमा छानविन गर्न पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे, सदस्यहरुमा हवाई विज्ञ दिपक प्रसाद बास्तोला, सुनिल थापा र टेकराज थापा। आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धसागर लामिछाने छन्। आयोगलाई ४५ दिनको समयावधि दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्