सरकारले दियो सबै वायुसेवा कम्पनीलाई अनिवार्य आफ्ना विमानको प्राविधिक परिक्षण गर्न निर्देशन काठमाडौं। सरकारले हवाई दुर्घटना कम गर्ने उदेश्यले नेपालमा आन्तरिक उडान गर्ने सबै वायुसेवा कम्पनीलाई आफ्ना विमानको प्राविधिक परिक्षण गर्न निर्देशन दिएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। वायुसेवा कम्पनीले प्राविधिक परिक्षण गरे÷नगरेको अनुगमन गर्ने जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्