विमान दुर्घटनाबारे जानकारी दिन विमानस्थलमा कल सेन्टरको स्थापना काठमाडौं। सरकारले आज कास्की जिल्लाको पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी दिने उदेश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टीआइए)मा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। ‘घटनाको बारेमा जानकारी लिन चाहने परिवारलाई, विश्वासनीय सूचनाको व्यवस्था गर्न टीआइएमा कल सेन्टरको व्यवस्था गर्ने निर्णय भएको छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्