देउवा र नेपालबीच भेटवार्ता, राष्ट्रपति र सभामुख निर्वाचनका विषयमा छलफल काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। देउवालाई भेट्न नेपाल धुम्बराहीस्थित उनको निवास पुगेका थिए। भेटमा अब हुने राष्ट्रपति तथा सभामुख निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ। पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि भेटमा छलफल भएको नेपाल निकट स्रोतले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्