चिनियाँ राजदूतद्वारा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु। यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ।’ चालक दलका चार जना सदस्यसहित ७२जना यात्रु बोकेका यतीको जहाज पोखरास्थित सेती नदीको खोंचमा खसेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्