प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। अहिले दुई नेताबीच वार्ता भइरहेको छ। प्रधानमन्त्री दाहालले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् जहाँ आफूलाई विश्वासको मत दिने पार्टीका नेतालाई उनले निमनत्रणा गरेका छन्। भोलीको सर्वदलीय बैठकका अजेण्डा तय गर्न दाहाल बालकोट गएको उनी निकट स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस्