सर्वदलीय बैठकको अघिल्लो दिन चिनियाँ राजदूत सोङ र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं। नेपाललको लागि चिनियाँ राजदूत चेन सोङले सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो। प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएको अघिल्लो दिन नेपालका लागि चिनियाँ राजदूतसँगको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ। प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। चिनियाँ राजदूतसँगको भेटमा नेपाल–चीन सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री दाहालले ट्वीटरमा उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्