अफगानिस्तानमा पूर्व महिला सांसदको गोली हानी हत्या
काबुल। अफगानिस्तानकी पूर्व सांसद मुरसल नबीजादा र उनको सुरक्षाकर्मीको आइतबार गोली हानी हत्या गरिएको छ। ३२ वर्षीया नबीजादाले तालिबानले अफगानिस्तान कब्जा गर्दा पनि देश नछोडी बसेकी थिइन्। घटनामा उनको भाई समेत गोली लागि घाइते भएका छन्। काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले घटनाको गम्भीर तरिकाले जाँच सुरु गरिएको जनाएका छन्। नबीजादा सन् २०१८ मा अफगानिस्तानको सांसद भएकी थिइन्। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्