नेपाल वायुसेवा निगमले तिर्यो संञ्चय कोषको ३३ करोड ९ लाख ऋण काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नु पर्ने ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ ऋण तिरेको छ। ऋण दायित्वको किस्ता वापत उक्त रकम सञ्चय कोषलाई बुझाईएको निगमका प्रवक्ता अर्चना खड्काले बताएकी छन्। उनले भनिन्, ‘कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्