रवि लामिछाने गृहमन्त्री भएपछि प्रहरीको प्राथमिकता– पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धान र तस्करी नियन्त्रण काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका छन्। हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले उक्त निर्देशन दिएका हुन्। उनले आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न समेत निर्देशन दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्