कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ९२ अर्ब पुग्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले २०७९ मंसिर मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको जनाएको छ। २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६करोड पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ मंसिर मसान्तमा ९अर्ब ८२करोड कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्