कोरोनाको त्रासबीच एक वर्षमा नेपाल घुम्न आए ६ लाख १४ हजारभन्दा बढी पर्यटक
काठमाडौं। कोरोना महामारीकाबीच सन् २०२२ मा ६ लाख १४हजार १४८ जना पर्यटक नेपाल घुम्न आएका छन्। यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेको मात्र हो। अध्यागमन विभागका अनुसार २०२२ को जनवरीमा १६हजार९७५, फेब्रुअरीमा १९हजार७६६, मार्चमा ४२हजार ६, अप्रिलमा ६१हजार५८९, मेमा ५३हजार६०८, जुनमा ४६हजार९५७, जुलाईमा ४४हजार४६२, अगष्टमा ४१हजार३०४, सेप्टेम्बरमा ५८हजार३१४, अक्टोबरमा ८८हजार५८२, नोभेम्बरमा ७२हजार६५३ र डिसेम्बरमा ६७हजार९३२ जना पर्यटक नेपाल आएका छन्।
प्रतिक्रिया दिनुहोस्