विमान दुर्घटनामा मृत्यु हुनेमध्ये ३८ जनाको सनाखत, सहजिकरणको लागि काठमाडौंबाट फोरेन्सिक विज्ञ टोली पठाइयो काठमाडौं। आइतबार यती एयरलाइन्सको विमान पोखराको सेती नदीमा दुर्घनाग्रस्त हुँदा मृत्यु भएका ६८ जनामध्ये ३८ जनाको पहिचान खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा रहेका ७२ जनामध्ये अझै चार जना भेटिएका छैनन्। शवको पहिचान गर्न सहजिकरण गर्नको लागि काठमाडौंबाट फोरेन्सिक विज्ञ टोलीलाई हेलिकप्टरमा पोखरा पठाई सकिएको प्राधिकरणले जनाएको छ। दुर्घटनाग्रस्त विमानको एफडीआर र सीभीआर संकलन भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्