जाँचबुझ समितिको प्रतिवेदन सार्वजनिक गरियोस्ः कांग्रेस प्रवक्ता महत
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विमान दुर्घटना सम्बन्धी छानबिन समितिको निस्कर्षलाई सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताएका छन्। उनले विमान दुर्घटना दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए। समितिले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन नहुँदा यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको उनले जनाए। दुर्घटना नदोहोरिने सुनिश्चितता कामबाट देखाउन उनले सरकारलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्