पोस्टमार्टम भएका शवहरु आफन्तलाई बुझाउन सुरु, शव काठमाडौं ल्याउन सेनाको एमआई–१७ हेलिकप्टर पोखरा पठाइयो काठमाडौं। आइतबार पोखराको सेती नदीको खोंचमा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ। पोस्टमार्टम पश्चात शव बुझाउन सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो। ‘बाँकी शव पोखराबाट काठमाडौं ल्याउन नेपाली सेनाको एमआई–१७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ,’ प्राधिकरणले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विमानमा रहेका ७२ जनामध्ये ६९ जनाको शव भेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्