कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा छः एमाले उपमहासचिव रिमाल
काठमाडौं, माघ ३। नेकपा(एमाले)का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन्। सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै उनले प्रधानमन्त्रीले कांग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताए। सभामुख/उपसभामुख र राष्ट्रपति/उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा कांग्रेस नेताहरु सक्रिय भइरहेको भन्दै कांग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढीरहेको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्