ह्युमन राइट्स वाचले अफगानिस्तान क्रिकेट टिममाथि प्रतिबन्ध लगाउन आइसीसीसँग गर्यो माग काबुल, माघ ३। मानवअधिकारको पक्षमा वकालत गर्ने अन्तर्राष्ट्रिय संगठन ‘ह्युमन राइट्स वाच’ (एचआरडब्लु)ले अफगानिस्तानको क्रिकेट टिममाथि प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)सँग माग गरेको छ। तालिबान सरकारले अफगानिस्तानमा महिलामाथि गरेको भेदभावका कारण अफगानिस्तानको क्रिकेट टिमको सदस्यता खारेज गर्न एचआरडब्लुले आइसीसीसँग माग गरेको हो। महिलामाथिको भेदभाव अन्त नभएसम्म अफगानि टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट निलम्बन गर्न एचआरडब्लुकी निर्देशक मिन्की वर्डनले माग गरेकी छन्।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्