लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा जाने, राप्रपाको भागमा तीन मन्त्री र एक राज्यमन्त्री काठमाडौं, माघ ३। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारमा जाने भएको छ। राप्रपाका अनुसार लिङ्देनले उपप्रधान एवं उर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयको जिम्मेवारी लिनेछन्। राप्रपाले उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डेलाई सहरी विकास मन्त्रीमा पठाउने भएको छ। यस्तै, उर्जा राज्यमन्त्रीमा दिपकबहादुर सिंहलाई पठाउने रापप्राले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्