सात महिनामा वायुसेवा निगमले सञ्चय कोषलाई बुझायो दुई अर्ब ४१ करोडभन्दा बढी रकम
काठमाडौं, माघ ३। नेपाल वायुसेवा निगमले पछिल्लो सात महिनामा कर्मचारी सञ्चय कोषलाई २अर्ब ४१करोड १९लाख१०हजार ५६२रुपैयाँ बुझाएको छ। कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापत उक्त रकम बुझाएको हो। २०७९ असार३०, कात्तिक१ र पुस२९ गते गरी तीन चरणमा रकम बुझाइएको हो। कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारेवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्