इटालीकी प्रधानमन्त्रीद्वारा यतीको विमान दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त काठमाडौं, माघ ३। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आइतबार पोखराको सेती नदीमा यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गरेकी छन्। उनले ट्वीटर मार्फत आफू र इटालीको जनताको तर्फबाट दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति गहिरो समवेदना प्रकट गरेकी छन्। यस दुःखद घडीमा आफू र इटालीका जनताको साथ ज्यान गुमाएका र उनीहरुको परिवारसँग रहेको उनले जनाएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्