प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री ? काठमाडौं, माघ ३। प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रीपरिषद् विस्तार गरी २३सदस्यीय बनाएका छन्। आज थपिएकामा उर्जामन्त्री राजेन्द्र लिङ्देन,सञ्चारमन्त्री रेखा शर्मा,सहरीमन्त्री विक्रम पाण्डे,परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल,स्वास्थ्यमन्त्री पदम गिरी,महिलामन्त्री भगवती चौधरी,रक्षामन्त्री हरिप्रसाद उप्रेती,संस्कृतिमन्त्री सुदन किराती, संघीयमन्त्री अमनलाल मोदी, शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल, कानुनमन्त्री ध्रुवबहादुर प्रधान, संस्कृति राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी,स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की र उर्जा राज्यमन्त्री दिपकबहादुर सिंह रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्