नवनियुक्त परराष्ट्रमन्त्री पौडेलको प्रतिवद्धताः परराष्ट्र मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउँछु
काठमाडौं, माघ ३। नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पु¥याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छन्। मंगलवार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै उनले विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका दूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने कार्यलार्य प्राथमिकता दिने समेत बताइन्। परराष्ट्र नीतिलाई स्थिर बनाउन प्रयास गर्ने उनले जनाइन्।
प्रतिक्रिया दिनुहोस्