प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउने सञ्चारमन्त्रीको प्रतिबद्धता, भनिन्– देशलाई नै प्रविधिमैत्री बनाउँछु काठमाडौं, माघ ३। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन्। मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै उनले सार्वजनिक संघ, संस्थानहरुलाई प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने समेत बताइन्। सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उनले जनाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्