देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने सहरीमन्त्रीको घोषणा, भने– कालीगण्डकी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्छौं
काठमाडौं, माघ ३। नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएका छन्। मंगलवार सहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसके मन्त्रालयको औचित्य नरहने दाबी गरे। नेपालको कालीगण्डकी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा उनले गरेका छन्।
प्रतिक्रिया दिनुहोस्