पशुपतिनाथको दर्शन गरेपछि उपप्रधानमन्त्री लिङ्देनले भनेः जनताले दिएको म्यान्डेट अनुसार मिलेर सरकार बनाएका हौं काठमाडौं, माघ ३। नवनियुक्त उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले जनताले दिएको म्यान्डेट अनुसार दलहरुले मिलेर सरकार बनाएको बताएका छन्।आफ्नो पार्टीबाट बनेका नवनियुक्त मन्त्रीहरुसहित पशुपतिनाथ दर्शन गर्न पुगेका लिङ्देनले नेपाली जनताले कुनै एक पार्टी, विचार वा सिद्धान्तलाई विश्वास नगरेपछि दलहरुले मिलेर सरकार बनाउनु परेको स्पष्ट पारे। कुनै पनि खालको नराम्रो काम आफूहरुको तर्फबाट नहुने दावी उनले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्