स्वास्थ्य राज्यमन्त्री डा.कार्कीको पहिलो निर्णय– स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पुर्‍याउने काठमाडौं, माघ ३। नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले पहिलो निर्णय स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी गरेकी छन्। गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पुर्‍याउनका लागि मापदण्ड बनाएको दाबी उनले गरिन्। वडास्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा आँखासम्बन्धी स्वास्थ्य सेवा बिस्तार गर्नेगरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति बनाएको उनले बताइन्। स्वास्थ्य बीमालाई अनिवार्य गरिकन प्रत्येक नागरिकले अनुभुति गर्नेगरी अगाडी बढाउने उनले जनाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्