बालुवाटारमा सर्वदलीय बैठक सुरु, सरकारलाई विश्वासको मत दिने दलका शीर्ष नेताहरु सहभागी काठमाडौं, माघ ३। प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएका हुन्। बैठकमा सरकारलाई विश्वासको मत दिने दलका शीर्ष नेताहरु उपस्थित भएका छन्। बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन लगायतका नेता सहभागी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्