नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न, द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्नेबारे छलफल
काठमाडौं, माघ ३। नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल र फ्रान्सको नेतृत्व परराष्ट्र मन्त्रालय अन्र्गतको एसिया तथा ओसियानियाका निर्देशक बट्र्रान्ड लोर्थोलरीले गरेका थिए। बैठकमा द्विपक्षीय व्यापार, लगानी अभिवृद्धि गर्ने, पारस्परिक लाभका लागि प्रविधि हस्तान्तरण लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्