बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेलले पाए विश्वासको मत
काठमाडौं। वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ । हेटौंडामा आज बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन्। विश्वासको मत प्राप्त गर्न ५६सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५सांसदले मत दिएका थिए। विपक्षमा ३जना सांसदको मत परेको थियो। नेकपा एमाले, नेकपा(माओवादी केन्द्र),राप्रपा, नेकपा एस, हाम्रो नेपाली पार्टी र नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको थियो।
प्रतिक्रिया दिनुहोस्