जसपा संसदीय दलको बैठक बस्दै काठमाडौं, माघ ४। जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठकले सरकारमा जाने वा नजाने भन्ने बारेमा छलफल गर्नेछ। जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तुष्टी जनाउँदै सरकारमा नजाने निर्णय गरेको थियो। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। जसपाको संसदीय दलको बैठक मंगलवार पनि बसेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्