चीनका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पोखरामा विमान दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त काठमाडौं, माघ ४। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्यानले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सीले राष्ट्रपति विद्यादेवी भण्डारी र लीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समवेदन सन्देश पठाई घटनाप्रति दुःख व्यक्त गरेका हुन्। दुर्घटना स्थलमा विमानमा रहेका चालक दलका चार जना सदस्यसहित ७२जनामध्ये ७०जनाको शव भेटिएको छ। दुई जना यात्रुको खोजी कार्य जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्