एमालेको तर्फबाट देवराज घिमिरे सभामुखको उम्मेदवार काठमाडौं, माघ ४। नेकपा एमालले देवराज घिमिरेलाई प्रतिनिधि सभाको लागि सभामुखको उम्मेदवार बनाएको छ। झापाको निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभामा निर्वाचित घिमिरे एमालेबाट सर्वसम्मतरुपमा सभामुखको उम्मेदवार बनेका हुन्। संसद सचिवालयले सभामुखको मनोनयनको लागि आज दिउँसो १ देखि ४ बजेसम्मको समय तोकेको छ। आज घिमिरेले सभामुखको लागि आफ्नो नाम दर्ता गराउने छन्। सत्तारुढ गठबन्धनमा सभामुख एमालेको भागमा परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्