कांग्रेसले सभामुखमा उम्मेदवारी दिने, अन्य दलहरुसँग छलफल गरेर नाम घोषणा गर्ने काठमाडौं, माघ ४। नेपाली कांग्रेसले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिने भएको छ। बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। उम्मेदवारी दर्ता गर्न केही समय बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारी भएको कांँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए। प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको पनि उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्