विमान दुर्घटनामा मृत्यु हुनेमध्ये २२ जनाको शव आफन्तलाई बुझाउनले व्यवस्था मिलाइयो, हराइरहेका दुई जनाको खोजी कार्य जारी काठमाडौं, माघ ४। आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये २२जनाको शव आफन्तलाई बुझाउने व्यवस्था मिलाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार पोखरामा ती शव आफन्तलाई बुझाउने व्यवस्था मिलाइएको हो। सेनाको वायुयानबाट काठमाडौं ल्याइएको ४८शवहरु शिक्षण अस्पतालबाट आवश्यक पोस्टमाटम लगायतका प्रक्रिया पुरागरी आफन्तलाई बुझाइने जनाएको छ। दुर्घटनामा परी हराइरहेका दुईजना यात्रको खोजी कार्य जारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्