प्रधानमन्त्री दाहाल र बेलायती राजदूत पोल्लिटबीच भेटवार्ता, १९२३ को नेपाल–बेलायत मैत्री सन्धिको स्मरण
काठमाडौं, माघ १। नेपालको लागि बेलायती राजदूत निकोला पोल्लिटले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी गरेकी छन्। भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो। प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको थियो। भेटमा सन् १९२३ को नेपाल–बेलायत मैत्री सन्धि एक सय वर्ष पुरा गरेको सम्बन्धमा पनि छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्