पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका उत्तर प्रदेशका चार जनाको परिवारलाई योगी सरकारले पाँच–पाँच लाख दिने नयाँदिल्ली। पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटना हुँदा मृत्यु भएका भारतको उत्तर प्रदेश(यूपी)का ४ जनाको परिवारलाई यूपी सरकारले पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले आर्थिक सहायता स्वरुप पीडित परिवारलाई उक्त रकम दिने घोषणा गरेका हुन्। विमान दुर्घटनामा पाँच जना भारतीयको मृत्यु भएको थियो, जसमध्ये चार जना यूपीको गाजीपुर जिल्लाका थिए। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्