एमालेका घिमिरेले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिए काठमाडौं, माघ ४। नेकपा(एमाले)का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्। सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेका घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवाष नेम्वाङ र समर्थकमा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाँण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीकाका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बसेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्