मधेश प्रदेश सभाका सभामुख र उपसभामुखले लिए शपथ काठमाडौं, माघ ४। मधेश प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख इशरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उपसभामुख इशरले हिन्दी भाषामा सपथ लिएकी थिइन्। सपथ ग्रहण समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरुसहितको सहभागिता रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्